Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ट्रम्पलाइ ‘सत्ता समाप्त हुनसक्ने’ भन्दै रिपब्लिकनहरुको चेतावनी

Loading

बीबीसी । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा रुसी दखलको सम्बन्धमा विशेष काउन्सिल रोबर्ट म्युलरले गरेको अनुसन्धान पक्षपाती रहेको बताएका राष्ट्रपति डोनाल्ड ट्रम्पको उनकै पार्टीका नेताहरुले आलोचना गरेका छन् ।

विशेष काउन्सिल म्युलरको अनुसन्धानलाई प्रभावित पार्न खोजेको भन्दै रिपब्लिकन नेताले चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले आफूले जितेको चुनावमा रुसी दखल रहे नरहेको बारे म्युलरको नेतृत्वमा भएको अनुसन्धान पक्षपाती रहेको भन्दै आलोचना गरेको केही घण्टामै रिपब्लिकन नेताले ट्रम्पलाई अनुसन्धानलाई प्रभावित नपार्न चुनौती दिएका हुन् ।

ट्रम्पले ट्वीट गर्दै आफ्नो चुनावी अभियान टिम र रुसबिच कुनै साँठगाँठ नरहेको र त्यस विषयमा भइरहेको अनुसन्धान ‘विच हन्ट’ मात्रै रहेको बताएका थिए । उनले अनुसन्धानमा डेमोक्र्या्टिकको प्रभाव परेको पनि आरोप लगाएका थिए । अनुसन्धानको नेतृत्व गरिरहेका म्युलर जो संघीय जाँच आयोग (एफबिआई) का पूर्व निर्देशक पनि हुन, उनी आफै पनि रिपब्लिकन हुन् ।

ट्रम्पले आरोप लगाइरहँदा रिपब्लिकन सिनेटर लिन्ड्सी ग्राहमले म्युलरलाई बिना कुनै अवरोध अनुसन्धान गर्न दिनु पर्ने बताएका छन् । यस्तै अरु रिपब्लिकन नेताले पनि अनुसन्धानमा अवरोध गर्न नहुने बताएका छन् ।

उनले म्युलरलाई हटाउने वा प्रभावित पार्ने कुनै किसिमको प्रयास नगर्न ट्रम्पलाई चेतावनी दिएका छन् । उनले भने, ‘ट्रम्पले त्यस्तो गर्न चाहेमा वा गर्न खोजेमा त्यो उनको सत्ताको अन्त्यको सुरुवात हुनेछ, किनकी हामी कानुनको शासन मान्छौँ ।’

यस्तै रिपब्लिकन सिनेटर जेफ फ्लेकले ट्रम्पको पछिल्लो प्रतिक्रिया म्युलरलाई बर्खास्त गर्ने संकेत रहेको बताएका छन् । तर त्यस्तो भएमा कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed