Breaking News.... EverestOnlineKhabar
June 5, 2026

गिरोनाको पोष्टमा रियल मड्रिडको गोल वर्षाः रोनाल्डो एक्लैले गरे ४ गोल

Loading

एजेन्सी,चैत ।
क्रिष्टियानो रोनाल्डोको चार गोलको सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगामा गिरोनालाई ६–३ ले हराएको छ ।गएरातीको खेलमा रियल मड्रिडलाई जिताउन बाँकी गोल ग्यारेथ बेल र भाज्क्वेजले गरे । ११ औ मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले ४७ औ, ६४ औ र खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
पहिलो हाफ १–१ को बराबरीमा रहेको खेलको दोश्रो हाफमा ७ गोल भएको थियो । गिरोनाका स्टुआनीले २ तथा रामिरेज लोपेजले १ गोल गरेपनि त्यो रियल मड्रिडलाई रोक्न पर्याप्त भएन ।
गिरोनासँगको खेलमा गरेको ह्याट्रिकसँगै रोनाल्डोले खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरेका छन् । पछिल्ला ११ खेलमा २१ गोल गर्दै रोनाल्डोले आफू फर्ममा रहेको पुष्टि पनि गरेका छन् । जीतसँगै रियल मड्रिड २९ खेलबाट ६० अंक सहित तेश्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed