Breaking News.... EverestOnlineKhabar
June 5, 2026

उत्तर कोरिया र अमेरिकाबीचको वार्ता फिनल्याण्डमा हुने….?

Loading

एजेन्सी,चैत ।
उत्तर कोरियाका वरिष्ठ अधिकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तालाई अघि बढाउन आइतबार फिनल्यान्ड भ्रमणमा गएको रोयटर्सले जनाएको छ । फिनल्यान्डमा उनले अमेरिकी कूटनीतिज्ञ र दक्षिण कोरियाका सुरक्षाविद्सँग अनौपचारिक भेटवार्ता गर्ने बताइएको छ ।
दक्षिण कोरियाको योनह्याप सञ्चार एजेन्सीले बताएअनुसार आइतबार फिनल्यान्ड जानुअघि छोए काङ इल बेइजिङको विमानस्थलमा देखा परेका थिए । दक्षिण कोरियाको विदेश मन्त्रालयले किमसँग भेट गर्नुअघिको तयारी अन्तर्गत अमेरिकी, उत्तर कोरियाली र दक्षिणका अधिकारीबीच विभिन्न विषयमा छलफल हुने जानकारी दिएको छ । गत महिना दक्षिण कोरियाको ओलम्पिक भ्रमणमा पनि छोए उपस्थित थिए ।
शनिबार स्वीडेनकी विदेश मन्त्री मार्गट वाल्स्ट्रमले स्टकहोल्ममा उत्तर कोरियाली अधिकारीसँग भएको तीनदिने बैठकमा शान्ति स्थापनाका लागि उत्तर कोरियाको कूटनीतिक प्रयासमा देखा परिरहेका चुनौति र अवसरबारे छलफल गरिएको बताएकी हुन् ।
उक्त बैठकमा कोरियाली प्रायद्विपको सुरक्षा व्यवस्थाको विषयमा समेत कुरा भएको उनले बताइन् । उत्तर कोरियाली विदेश मन्त्रीको स्वीडेन भ्रमणसँगै किम र ट्रम्पबीचको बैठक स्वीडेनमा हुन सक्ने सम्भावना धेरै रहेको बताइएको छ ।
अर्कोतर्फ ट्रम्पले किमसँग भेटवार्ताका लागि सहमति जनाएपनि उत्तर कोरियाले भने आफ्ना माग र अपेक्षाबारे अझै स्पष्ट प्रतिक्रिया दिन बाँकी नै रहेको ह्वाइटहाउसको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed