Breaking News.... EverestOnlineKhabar
June 5, 2026

विमानको शौचालयभित्र यौनजन्य गतिविधिमा संलग्न जोडी रंगेहात पक्राउ

Loading

एजेन्सी,चैत ।
उडिरहेको विमानमा यौनजन्य गतिविधिमा संलग्न एक जोडीमाथि कानूनी कारवाही सुरु गरिएको छ । हालै गेटविक विमानस्थलबाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानमा आपत्तिजनक अवस्थामा एक जोडीलाई नियन्त्रणमा लिइएको थियो । ती जोडीको परिचय भने खुलाइएको छैन ।
अधिकारीहरुका अनुसार ती जोडीबीच उडानकै क्रममा परिचय भएको हो । सुरुमा चुम्बन गरेर एक अर्कासँग नजिकिएका उनीहरु केहीबेरमै एक साथ विमानको शौचालयमा गएपछि अन्य यात्रुले शंका लागेर चालक दलका सदस्यलाई जानकारी दिएका थिए ।
चालक दलका तीन सदस्यले शौचालयको ढोका ढक्ढक्याएपछि उनीहरु दुवैलाई आपत्तिजनक अवस्थामा फेला पारिएको बताइएको छ । भर्जिन एटलान्टिक विमानले ती महिलालाई सदाका लागि आफ्नो विमानमा उडान गर्न रोक लगाएको छ । ती महिलाले मदिरापान गरेको पाइएको पनि अधिकारीहरुले जनाएका छन् ।
एक यात्रीका अनुसार ती महिलाले सुरुमा अन्य पुरुषसँगसमेत कुराकानी गरेकी थिइन् । तर पछि ती पुरुषसँग चुम्बन गरी केहीबेरमा शौचालय गएकी थिइन् । ती पुरुष पनि उनको पछिपछि गएको बताइएको छ । विमानमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा दुवैमाथि कारवाही अघि बढाइएको बताइएको छ ।
चालक दलका सदस्यले ढोका खोल्न लगाएपछि शौचालयबाट बाहिरि निस्कने क्रममा पुरुषले ती महिला बिरामी रहेको बताएका थिए । तर एकापसमा अपरिचित रहेका दुवैजना किन र कसरी एकसाथ शौचालयभित्र बसेको भन्ने चालक दलका सदस्यको प्रश्न पनि उनी अनुत्तरित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed