![]()
काठमाडौं । नेपाल प्रहरीले प्रदेशसभा सांसद् राजीव गुरुङ (दिपक मनाङे ) बिरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी भएको हो । योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् ।
मनाङ्गे नेपाल बाहिर रहेको सूराकी पाएपछि प्रहरीले उनको नाममा रेडकर्नर नोटिस जारी गरेको हो । मनाङ्गे भारतमा लुकेर बसेको प्रहरीको दाबी छ ।
यसअघि २ माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको थियो । त्यसयता उनी फरार छन् ।


