![]()
बीबीसी । अमेरिकाको म्याशाच्युसेट्स राज्यका उच्च कानून अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि काम गरेको एउटा फर्मले फेसबुक प्रयोगकर्ताहरूको निजी सूचनाहरू संकलन गरेको भन्ने विवरणबारे उनको कार्यालयले छानबिन गर्ने बताएकी छन्।
केम्ब्रिज एनालिटिका नामक फर्मका पूर्व कर्मचारीले करिब पाँच करोड फेसबुक खाताहरूमा पहुँच कायम गरिएको बताए ।
म्याशाच्युसेट्सकी महान्यायाधिवक्ता मोरा हेलीले अमेरिकी नागरिकहरूले जवाफ सुन्न पाउनुपर्ने बताइन्। फेसबुकले केम्ब्रिज एनालिटिकालाई निलम्बन गरिदिएको छ। तर दुईवटै कम्पनीले गलत नगरेको बताएका छन्।
ब्रिटेनको द अब्जरभर र अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले प्रयोगकर्ताका जानकारी विनै पाँच करोड फेसबुक खाताहरूमा पहुँच कायम गरी त्यहाँका विस्तृत विवरणहरू प्रयोगमा ल्याइएको जनाउँदै खोजमुलक समाचार प्रकाशन गरेका थिए।
फेसबुकले केम्ब्रिज एनालिटिकालाई शुक्रवारबाटै निलम्बन गरेको छ। फेसबुक र केम्ब्रिज एनालिटिका दुवैले गल्ती नगरेको बताएका छन्।
अभियानका क्रममा उसले अमेरिकी मतदाताहरूको सोचाइ कस्तो छ भन्ने जटिल विषयका तथ्यांकहरू उपलब्ध गराएको थियो। उक्त तथ्याङ्कसम्बन्धी कम्पनीले त्यसबेला फेसबुकबाट संकलन गरिएका जानकारी सन् २०१६ को राष्ट्रपति चुनावमा प्रयोग नगरिएको जनाएको छ।


