Breaking News.... EverestOnlineKhabar
June 5, 2026

दीपिकासंगको सम्बन्ध बारे यस्तो भने रणवीर सिंहले…..

Loading

मुम्बई,चैत ।
बलिउडमा अभिनेता रणविर सिंह र दीपिका पादुकोणबीचको सम्बन्ध लामो समयदेखि चर्चामा रहेकोछ । पछिल्लो समय अभिनेता रणवीर सिंहले पहिलो पटक अभिनेत्री दीपिका पादुकोणसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् । उनले भारतीय टेलिभिजनको एक कार्यक्रममा बोल्दै दीपिकालाई पाएर आफू निकै खुशी भएको बताएका छन् ।
उनले भनेः‘ यो सम्बन्ध आपसी माया जस्तो हो । उनलाई आफ्नो जीवनमा पाएर मलाई धेरै रमाइलो महसुस हुन्छ । म दीपिकालाई अभिनयको मामलामा निकै अगाडि राख्छु, तर उनी आफूलाई त्यति अगाडि नरहेको बताउँछिन् । एक कलाकारको हिसाबले मैले उनीबाट सिक्नुपर्ने धेरै कुरा छन् ।’
त्यस्तै रणवरिले दीपिकासँगै काम गरेका बाजीराव मस्तानी , गोलियों की रासलीला रामलीला र पद्मावत जस्ता फिल्मले दुवैबीचको सम्बन्ध सुमधुर बनाएको स्वीकार गरेका छन् ।
यससँगै रणवीरले आफू बलिउडका सफल युवा कलाकार मध्ये एक भएकोमा आफूलाई विश्वास नलागेको बताएका छन् । उनका अनुसार यो उनको कठिन मेहनत र दृढताको परिणाम हो । उनले सन् २०१० मा फिल्म बैंड बाजा बारात बाट भारतीय सिनेमामा कदम राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed