![]()
एजेन्सी । नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल जिम्बाबे भ्रमणमा पूरै असफल भएका छन । बिश्वकप छनोट खेलका लागि जिम्बाबेमा भ्रमणमा रहेको नेपाली टोलीका लागि उनले कुनैपनि खेलमा गतिलो प्रदर्शन गर्न सकेनन ।
उपकप्तान मल्ल छनोट चरण र प्लेअफका सबै खेलमा असफल भएपछि उनका बारेमा कप्तान पारस खडका चिन्तित देखिएका छन । नेपाली टिममा सबैभन्दा राम्रा प्राविधिक खेलाडी भएपनि उनको पर्फमेन्स राम्रो हुन नसकेपछि उनलाई रिप्लेस गर्नेबारे टिममा पनि कुरा उठेको छ ।
सातौं स्थानका लागि नेदरल्याण्डसंग भएको खेल जो आफैमा औपचारिकताका लागि मात्र हो, सो खेलमा पनि मल्ल जम्न सकेनन । उनले १६ बलको सामना गरेर मात्र ४ रन बनाए । उनी मात्र १८ मिनेट क्रिजमा टिके ।


