![]()
एजेन्सी । आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको प्ले अफमा नेदरल्याण्डसले नेपाललाई जितका लागि १९० रनको लक्ष्य दिएको छ ।
क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८९ रन बनाउन सक्यो । नेदरल्याण्डसको लागि बास डी लीडेले ३९ तथा म्याक्स ओुड्वोडले २८ रन जोडे । त्यस्तै स्कोट एडवार्ड्स र भान डर मेर्वीले समान २५ – २५ रन जोड्दा पिटर सिलार २३ रनमा आउट भए । नेदरल्याण्डसका शेन स्नाटर २३ रनमा अविजित रहे ।
नेदरल्याण्डसलाई मध्यम स्कोरमा रोक्न नेपालका सोमपाल कामीले ४ विकेट लिए । यस्तै सन्दिप लामिछाने र ललित नारायण राजवंशीले समान २ – २ विकेट लिदा शक्ति गौचनले १ विकेट लिए ।


