Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

एजेन्सी । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले लिस्ट ए क्रिकेटमा ५० विकेट पूरा गरेका छन्। जिम्बावेमा भइरहेका वर्ल्ड कप क्वालिफायर अन्तर्गत नेदरल्याण्डको सुरुवाती तीन विकेट लिदै सोमपालले उक्त सफलता हात पारेको हुन्। पहिलो दुइ विकेटमै उनको ५० विकेट पूरा भएको थियो ।

सोमपालले आफ्नो सुरुको दुई ओभरमा १–१ विकेट लिएका थिए। नेपालले यसअघि नै वान डे इन्टरनेशनल स्ट्याटस प्राप्त गरिसकेको छ र अब वान डे इन्टरनेशनल म्याच खेल्नुअघि यो नै अन्तिम लिस्ट ए खेल हुनेछ।

सोमपालले लिस्ट ए मा ३९औं खेल खेल्दै ५० विकेट पूरा गरेका हुन्। उनी नेपालबाट लिस्ट ए मा ५० विकेट लिने पहिलो खेलाडी समेत बनेका छन ।

सोमपालले सन् २०१४ मा न्यूजिल्याण्डमा भएको वर्ल्डकप क्वालिफायरमा युएई विरुद्ध खेल्दै डेब्यु गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed