Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

बीबीसी । पूर्व रुसी गुप्तचरमाथि भएको हमलालाई लिएर तनाव चुलिरहँदा रुसले २३ ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन गर्ने भएको छ।
रुसी विदेश मन्त्रालयले मस्कोस्थित ब्रिटेनको दूतावासका कूटनीतिक कर्मचारीलाई ’पर्सना नन ग्राटा’ अर्थात् आफ्नो मुलुकमा प्रवेश गर्न वा रहन प्रतिबन्धित विदेशी व्यक्तिका रुपमा घोषणा गरिएको जनाएको छ।

सबै कुटनीतिज्ञलाई एक साताभित्र निष्कासन गरिनेछ।

मार्च ४ मा पूर्व रुसी गुप्तचरमाथि भएको हमलामा रुस संलग्न रहेको ब्रिटिश सरकारले आरोप लगाएको छ। त्यसपछि ब्रिटेनले २३ रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसकै प्रतिक्रियास्वरुप रुसले पछिल्लो कदम चालेको हो।

रुसी विदेश मन्त्रालयको वक्तव्यमा रुसस्थित ब्रिटिश काउन्सिल पनि बन्द गरिने उल्लेख गरिएको छ। यस्तै सेन्ट पिटर्सवर्गमा महावाणिज्य दूतावास खोल्न ब्रिटेनलाई दिइएको अनुमति पनि फिर्ता लिइएको छ।

पूर्वी रुसी गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरी युलिया स्क्रिपाल अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन्। उनीहरूको अवस्था अझै गम्भीर रहेको बताइएको छ। उनीहरू दुवै जना सल्सबरीमा एउटा बेञ्चमा अचेत अवस्थामा भेटिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed