![]()
एजेन्सी । उत्तेजक तस्बिरहरु सामाजिक सञ्जालमा राखेर चर्चामा आउने बलिउड अभिनेत्री पूनम पाण्डे र बलिउडमा काम गरिरहेकी सर्बियन मोडल नताशा स्तानकोभिकलाई भैरहवा आएका छन । एउटा क्यासिनोको उद्घाटन गर्न उनीहरुलाई बोलाइएको हो ।
भैरहवामा खुलेको टाइगर प्यालेस रिसोर्टको ग्रान्ड ओपनिङका लागि शनिबार पूनम पाण्डेले लाइभ पफर्मेन्स गरेकीछिन । शुक्रबार नताशाले पफर्म गरेकी थिइन्।
ओपनिङका लागि युक्रेन र थाइल्यान्डबाट पनि नर्तकीहरु ल्याइएको छ। रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा अस्ट्रेलियाको कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैयाँ लगानीमा रिसोर्ट खोलेको हो। रिसोर्टले १५ बिघा क्षेत्रफल ओगटेको छ । रिसोर्ट भवनले मात्र दुई बिघा क्षेत्रफल ओगट्छ।
रिसोर्ट सिल्भर हेरिटेज चेनअन्तर्गत सञ्चालन हुनेछ । सिल्भर हेरिटेजले हाल मकाउ, फिलिपिन्स, भियतनाम, कम्बोडिया, लाओस, ताइवानलगायतका देशमा क्यासिनो सञ्चालन गरिरहेको छ ।


