Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बालीनाली जोगाउन जापानमा रोबर्टबाट ब्वाँसो पुनर्जिवित

Loading

एजेन्सी । जापानमा इन्जिनियरहरुले मानव निर्मित ब्वाँसोलाई रोबर्टबाट पुनर्जिवित पारेका छन । किसानले लगाएका बाली नास पार्ने जनावरलाई रोक्न उनीहरुले यसको विकास गरेका हुन ।

जापानको किसारजु सहर नजिकैको फार्ममा एउटा डरलाग्दो रोबर्ड ब्वाँसो राखिएको छ । सुरुमा हेर्दा धेरै मान्छे तर्सिने गर्छन । यसको नाम ’सुपर मोनर्स्टर उल्फ’ राखिएको छ । जापानमा सन् १८०० को सुरुमा नै ब्वाँसोहरु निमिट्यान्न भएका थिए। यो बेला सरकारले नै ब्वाँसो समाप्त पार्ने प्रोजेक्ट चलाएको यो। त्यही क्याम्पेनिङका कारण ब्वाँसोको अस्तित्व सकियो।

अहिले जापानका धेरै ठाउँमा हरिण र बँदेलको संख्या ह्वात्तै बढेको छ। यी दुवै जनावर किसानले लगाएको बाली रुचाउँछन्। यसले खेतीपाती नष्ट हुने गरेको छ । २ सय वर्ष पहिले समाप्त पारिएका ब्वाँसोलाई अब मानव सिर्जित ब्वाँसोका रुपमा रोबर्टबाट पुनर्जि्वित पारिएको हो ।

रोबर्ट ब्वाँसोको परीक्षण गर्दा सफलता मिलेको छ। सफलतासँग अर्को महिनादेखि रोबर्ट ब्वाँसोको उत्पादन ह्वात्तै बढाउन लागिएको जनाइएको छ । तयार गरिएका ब्वाँसोहरु १ किलोमिर वृत्ताकारमा प्रभावकारी रुपमा काम गर्न सक्छन्। विद्युतीय तारबार वा अरु उपायभन्दा यो सजिलो प्रविधि भएको छ। ब्वाँसो देखेपछि बाली मास्न आउने जनावर छिर्न पनि सक्दैनन्।

यो ब्वाँसो २ फिट २ इन्च लम्बाइको छ जुन वास्तविक ब्वाँसोकै आकारको हो। सोलारबाट रिचार्ज गर्न सकिने ब्याट्री यसमा राखिएको छ। यसमा रहेको इन्फारेड रे सेन्सरले कोही आउँदैछ भने पत्ता लगाउँछ।

जब यो ब्वाँसोले कोही नजिकै रहेको चाल पाउँछ यसले डरलाग्दो आवाज निकाल्छ सँगै बन्दुक चलेको आवाज पनि। सँगै मानिसको बोली पनि ताकि जनावर आत्तिएर भागुन्। केही गरी यसबारे कुनै जानकारी नपाएको मानिस खेतरबारीमा पुग्यो भन्ने नमज्जासँग झुक्किनेमात्र होइन, डराएरै भाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed