Breaking News.... EverestOnlineKhabar
June 5, 2026

माधव नेपालले सिफारिस गर्न नमानेपछि मन्त्रीको सूचीबाट योगेश भट्टराईको नाम काटियो

Loading

काठमाडौं । नयाँ मन्त्री मण्डलमा एमाले सचिव योगेश भट्टराई पनि पर्ने सबैले अनुमान गरेका थिए । चुनावको समयमा एमाले अध्यक्ष केपी ओलीले ताप्लेजुङ पुगेरै योगेशलाई जिताएर पठाउनूस, मन्त्री बनाउने जिम्मा मेरो भन्दै सार्वजनिक भाषण पनि गरेका थिए । पार्टीमा खेल्दै आएको भूमिका, जनसम्र्पक, प्रभावकारिता र भावी नेतृत्व लिनसक्ने हैसियत बनाएका कारणले पनि योगेश मन्त्री बन्ने कुरा लगभग निश्चित जस्तै थियो । तर, राष्ट्रपति निर्वाचनसंगै पार्टीमा देखा परेको बिभाजन र नयाँ गुट समीकरणको शीकार उनी बने ।

योगेश मन्त्री नबन्नुको मुख्य कारण वरिष्ठ नेता माधव नेपाल भएको तथ्य सार्वजनिक भएको छ । बामदेव गौतमहुँदै नेता नेपाल र झलनाथ खनालको टिममा पुगेका भट्टराईले राष्ट्रपति चुनावमा कुनैपनि हालतमा बिद्या भण्डारीलाई राष्ट्रपति दोहर्याउन नहुने भन्दै अडान राखेका थिए । यसरी हेर्दा उनको अडान अर्का प्रत्यासी झलनाथ खनालको पक्षमा थियो । तर, खनालको पक्षमा रहेका नेता नेपालले नै रातारात ओली गुटसंग सम्भौता गरिसकेकाले योगेशको अडान नेपालका लागि प्रिय हुन सकेन । यसको परिणाम मन्त्री छनोटमा देखियो । प्रधानमन्त्री केपी ओलीले भट्टराईको नाम आफनातर्फबाट सिफारिस गरेर पठाउन नेता नेपाललाई आग्रह गरेका थिए । तर, नेपालले योगेशको नाम ठाडै्र अस्वीकार गरी अर्का सचिव गोकर्ण बिष्टको नाम सिफारिस गरे ।

सचिव भट्टराई मन्त्रीमा नअटाउनुको प्रमुख कारण प्रधानमन्त्री ओली पनि हुन । उनले पनि आफनातर्फबाट भट्टराईलाई समेटन चाहेनन । उनले नेपाल समूहको कोटाबाट मन्त्री बनाउन चाहिं सकिने जनाउ दिएका थिए । तर, नेपालले प्रधानमन्त्रीको यो प्रस्ताव ठाडै अस्विकार गरिदिए । स्रोतका अनुसार माधव नेपालले आफ्नो कोटाबाट कहाँँ बनाउने ? भन्दै ओलीको प्रस्ताव रिजेक्ट मात्रै गरेनन । आफ्नो कोटाबाट योगेश नरहेको सुनाए ।

स्रोतका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि योेगेशलाई मन्त्री नबनाउन लबिङ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed