Breaking News.... EverestOnlineKhabar
June 5, 2026

चीनको राष्ट्रपतिमा सी जिनपिङ सर्वसम्मत, आजिवन राष्ट्रपतिमा कायमै रहने बाटो खुल्ला

Loading

बीबीसी । चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरि निर्वाचित भएका छन । चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वा्चित गरेको हो ।

केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वा्चित भएका सि हाल ६४ बर्षका छन । उनले निर्वा्चित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा शपथ ग्रहण गरेका छन । चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले शपथ लिएको यो पहिलो पटक हो ।

गत अक्टोबरमा उनी चनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वा्चित भएका थिए । सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रिय नेतृत्वमा जोडिएका सि छोटो समयमै अहिले सर्वा्धिक शक्तिशाली नेता बन्न सफल भएका छन । उनलाई अनिश्चितकालसम्म राष्ट्रपति बन्ने बाटो पनि खुलेको छ । गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed