Breaking News.... EverestOnlineKhabar
August 28, 2026

ताइवान यात्रासम्बन्धी कानूनमा ट्रम्पको हस्ताक्षर, चीन रिसाउन सक्ने

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एउटा कानूनमा हस्ताक्षर गरेका छन । कानुन लागु भएसंगे. संयुक्त राज्य अमेरिकाका अधिकारीहरूलाई आफ्ना समकक्षीलाई भेट्न ताइवानको भ्रमण गर्ने अनुमति दिइनेछ। उक्त कदमले ताइवानलाई आफ्नो भगौडा प्रान्त ठान्ने चीनलाई आक्रोशित तुल्याउने देखिन्छ।

अमेरिकाले ताइवानसँग हाल औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन । कानून अनुसार ताइवानको आत्मसुरक्षाका लागि उसले मद्दत र्पुयाउनुपर्नेछ र अमेरिका उक्त प्रायद्वीपको हतियारको मुख्य स्रोत हो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ’ताइवान ट्राभल एक्ट’ नामक उक्त कानूनले अमेरिकी र ताइवानी अधिकारीबीच सबै तहमा भेटवार्ताका लागि प्रोत्साहन गर्ने जनाएको छ।

अहिले पनि अमेरिकी अधिकारीहरू ताइवान जाने र बेलाबेलामा ताइवानी अधिकारीहरू ह्वाइट हाउसको भ्रमण आउने गर्छन्। तर चीनले अपमानित महसुस नगरोस् भनेर त्यसलाई गुपचुप नै राख्ने गरिन्छ।

वाशिङटनले बेइजिंगलाई समर्थन गर्दै सन् १९७९ मा ताइवानसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको थियो। चीनले ताइवानलाई आफ्नो भगौडा प्रान्त ठान्ने गर्छ र उसले ताइवानलाई आफूमा समाहित गर्न चाहेको लामो समयदेखि बताइरहेको छ। नयाँ कानूनले ताइवानलाई एसियाको प्रजातन्त्रको ज्योतिका रूपमा चित्रण गर्दै ताइवानले हासिल गरेका उपलब्धिले यस क्षेत्रका अन्य देश र जनतालाई पनि प्रेरणा दिएको उल्लेख गरिएको छ।

चीन र ताइवानबीचको तनाव बढिरहँदा राष्ट्रपति ट्रम्पले उक्त कानूनमा हस्ताक्षर गरेको खबर आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.