![]()
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने दाबी गरेका छन ।
काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले दुवै छिमेकी देशका प्रमुखलाई नेपाल भ्रमणमा ल्याउने तयारीका साथ आफूले काम सुरु गरेको जानकारी दिए । मन्त्री ज्ञवालीले नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने स्पष्ट पारे । उनले भने,‘सन् २०१८ मा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, यो हिसावले पनि सन् २०१८ नेपालको लागि महत्वपूर्ण हुनेछ।’
मन्त्री ज्ञवालीले भने,‘हामी अहिले द्धिपक्षीय उच्चस्तरीय भ्रमणको तयारीमा जुटेका छौं, गृहकार्यहरु भैरहेका छन, दुवै मित्रराष्ट्रबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन्छ।’


