![]()
एजेन्सी । हलिउड स्टार अभिनेत्री क्यारून डियाजले अभिनयबाट सन्यास लिएकी छन्। उनले घरपरिवारमा समय व्यतित गर्न सन्यासको घोषणा गरेकी हुन्। हलिउड अभिनेत्री सेल्मा ब्लेयरले उनको सन्यासबारे खुलासा गरेकी हुन ।
सेल्माका अनुसार क्यामरून थप फिल्म गर्ने मुडमा छैनन्। उनी आफ्ना पति बेन्जी माडिनसँग समय बिताउन चाहन्छिन्। यस खबरको खुलासा गर्दै सेल्माले क्यामरूनसँग सन् २००२ मा ‘द स्विटेस्ट थिङ’मा काम गर्दाताका बिताएको क्षणको पनि सम्झना गरिन्।
‘अर्को दिन क्यामरूनसँग मैले दिउँसोको खाना खाएँ। हामीले हाम्रो फिल्मको कुरा र्गयौं। म उनीसँग त्यस फिल्मको सिक्वलमा काम गर्न चाहन्थे तर क्यामरूनले अभिनयबाट सन्यास लिइसकिन्। उनलाई आफूले गर्ने जति गरिसके जस्तो लागेको छ’, उनले भनिन्।
‘मेरो भनाइको मतलब अब उनलाई थप फिल्म गरिरहन जरूरत छैन्। उनीसँग राम्रो जीवन छ। मलाई थाहा छैन् उनलाई केले फर्काउनेछ। उनी खुशी छिन’, ब्लेयरले थपिन।


