Breaking News.... EverestOnlineKhabar
June 4, 2026

खोसेको पेस्तोल भन्दै लामाले मुचुल्कामा हस्ताक्षर गर्न मानेनन

Loading

काठमाडौं । काठमाडौंको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका गुण्डा नाईके गणेश लामाले पेस्तोल आफ्नो नभएको भन्दै मुचुल्का कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

नेपाल प्रहरीले प्रयोग गर्ने एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित पक्राउ परेका लामाले उक्त हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन्। आफूमाथि दुई जना युवाले गोली चलाउँदै गर्दा उक्त पेस्तोल खोसेको लामाको दाबी छ।

प्रहरीले बरामद गरेको पेस्तोल आफ्नो नभएर आफूलाई गोली हान्न आएका युवाको हो भन्दै लामाले मुचुल्कामा हस्ताक्षर गर्न नमानेको प्रहरीले जनाएको छ । प्रहरीले भने हतियार उनैको साथबाट बरामद भएको जनाएको छ ।

लामाको साथबाट बरामद भएकै पेस्तोलबाट एक राउण्ड फायर समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed