Breaking News.... EverestOnlineKhabar
June 5, 2026

पपुवा न्यु गिनीको इनिङ ध्वस्त बनाउन सन्दिप र दिपेन्द्र नायक, दुवैले लिए चार–चार विकेट

Loading

एजेन्सी । सुपरसिक्स प्रवेशबाट वञ्चित चार मुलुकबीच जारी प्लेअफ खेलमा पपुवा न्यु गिनीबिरुद्ध नेपालका बलर चम्किएका छन ।

पपुवा न्यु गिनीलाई ११४ रनमा समेटन नेपालका बलर सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरी निर्णायक रहे । दुवैले समान चार–चार विकेट लिए ।
सन्दिपले ८ ओभर बलिङ गर्दै २९ रन दिएर ४ विकेट लिएका हुन । उनको इकनोमी रेट ३.६२ रहेको छ ।

अर्का बलर दिपेन्द्रले ४.२ ओभर बलिङ गरेर १४ रन खर्चिदै ४ विकेट लिए । उनको इकनोमी रेट ३.२३ रहेको छ ।

तीव्र गतिका बलर सोमपाल कामीले ६ ओभर बलिङ गरेर १ मेडन राख्दै १८ रन खर्चिएर १ विकेट लिए । यस्तै, करनले ५ ओभर बलिङ गरेर २४ रन खर्चिदै एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed