![]()
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबलमा शिवम् न्यू डाइमण्ड एकेडेमी र नेपाल पुलिस क्लबले जित हासिल गरेका छन् ।
हल्चोकस्थित एपीएफ क्लबको भलिबल कोर्टमा बुधबार भएको खेलमा न्यू डाइमण्डले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३ – ० को सेटमा पराजित गर्यो । न्यू डाइमण्डले जावलाखेलमाथि २५–१, २५–३ र २५–१० को जित निकालेको हो ।
यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३ – ० को सोझो सेटमा पराजित गर्यो । पुलिसले ढोरपाटनलाई २५–९, २५–३ र २५–१९ ले हराएको हो ।
लिगकम नकआउटको आधारमा जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । विजेताले २ लाख ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।


