![]()
गुल्मी । गुल्मीमा एक १६ बर्षीया किशोरीले ६ बर्षीया बालिकाको बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्लाको इस्मा गाउँपालिकाकी ती बालिकामाथि सोही स्थानका हिमाल दमाई (दर्जी) ले बलात्कार गरेका थिए ।
प्रहरीका अनुसार बालिकालाई चाउचाउ र बिस्कुटको लोभ देखाएर बलात्कार गरिएको छ । बलात्कारी दर्जी प्रहरी नियन्त्रणमा छन ।
बालिका रगतताम्य अवस्थामा भएकाले तत्काल उपचारको लागि सदरमुकाम पठाइएको छ । बालिकाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरी बुधबार थप उपचारका लागि पाल्पा रिफर गरिएको छ।
प्रहरी नियन्त्रणमा रहेका युवा माथी थप अनुसन्धान भइरहेको र थप कानुनी कारबाही अगाडि बढाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


