![]()
काठमाडौं । सरकारले प्रधानन्यायाधी गोपाल पराजुलीलाई बर्खास्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरेहेको पत्र थमाएपछि उनी बर्खास्त भएका हुन ।
राष्ट्रपति कार्यालयबाट पराजुलीलाई शपथका लागि निमन्त्रणा गरिएपनि न्याय परिषद्ले भने उनलाई बर्खास्तीको पत्र थमाएको हो । न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै उमेर हदकाकारण पराजुलीलाई पदमा नरहेको उल्लेख गरिएको छ ।

परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । सोही प्रावधानमा टेकेर परिषद्ले पराजुली गत साउन २१ मै ६५ वर्ष उमेर पूरा भएको जानकारी गराएको छ ।
यसअघि राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले घुमाउरो भाषामा राजीनामाका लागि प्रधानन्यायाधीश पराजुलीलाई दबाब दिएका थिए । सर्वोच्च अदालतमा केही न्यायाधीशले उनले तोकेको इजलास समेत बहिष्कार गरेका थिए ।


