Breaking News.... EverestOnlineKhabar
June 5, 2026

प्ले अफ अन्तर्गत बिहीबार नेपाल र पपुवा न्युगिनी भिडदै, एक दिवसिय मान्यता पाउन नेपाललाई जित अनिवार्य

Loading

एजेन्सी । बिश्वकप छनोट खेल अन्तर्गत सुपरसिक्समा पुग्न असफल भएपनि नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउने आशा गरिएको छ । नेपालले एक दिवसिय मान्यता पाए यो पनि नेपालका लागि ठूलो फड्को मानिने छ । यो सफलता पाउन नेपालले बिहीबारबाट सुरु हुने प्ले अफका खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

नेपाल, पपुवा न्युगिनी, हङकङ र नेदरल्याण्डले प्ले अफ खेल्दैछ । प्ले अफ खेल्नेमध्ये नेदरल्याण्डको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको हैसियतले सन् २०२० सम्म एकदिवसीय मान्यता रहिरहने छ । त्यसैले अब नेपाल, पपुवा न्युगिनी र हङकङमध्ये एक टोलीले मात्र एकदिवसीय मान्यता पाउने छन् ।

प्लेअफमा पुगेको चार मध्ये दुई टोली शीर्ष डिभिजनमा रहिरहने छन । पुछारको दुई टोली भने रेलिगेसन हुँदै डिभिजन २ मा झर्ने छन् ।
नेपालले प्लेअफमा बिहिबार पपुवा न्युगिनीसँग खेल्दै छ । समूह बि को चौथो भएको नेपालले समूह ए को पाँचौ स्थानको पपुवा न्युगिनीसँग खेल्न लागेको हो । बिहिबार नै अर्को प्लेअफमा हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ ।

नेपालले पपुवा न्युगिनीसँग बिहिबार अपरान्ह १ बजेपछि खेल्नेछ । यो खेल नेपालको लागि निकै महत्वपूर्ण छ । यो खेल नेपालसँगै पपुवा न्युगिनीलाई समेत महत्वपूर्ण रहेको छ । दुवै टोली प्लेअफमा जित निकाल्दै एकदिवसीय मान्यता पाउने लक्ष्यमा हुनेछन ।

सुपर सिक्समा पुग्न नसकेको नेपालले अब एकदिवसीय मान्यता पाउन पपुवा न्युगिनीलाई हराउनै पर्ने हुन्छ । यदी पराजित भएमा नेपालको एकदिवसीय मान्यता पाउने सपना सकिने छ । यस्तै पपुवा न्युगिनीलाई समेत एकदिवसीय मान्यताको लागि नेपालमाथी जित अनिवार्य छ ।

विश्वकप छनोटको समूह चरणमा पपुवा न्युगिनी लयभन्दा बाहिर देखिएको छ । पपुवा न्युगिनीले समूह चरणको सबै खेल गुमाएको छ । त्यसैले नेपालले पपुवा न्युगिनीविरुद्ध फाइदा लिन सक्नु पर्नेछ । तर,पछिल्लो तथ्यांक हेर्दा पपुवा न्युगिनीविरुद्ध नेपालले सम्झन लायक प्रदर्शन गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed