Breaking News.... EverestOnlineKhabar
June 5, 2026

ट्रम्पलाई धन्यवाद पनि नदिएर बिदा भए टिलरसन, अमेरिकालाई रुसबाट खतरा भएको टिप्पणी

Loading

बीबीसी । बर्खास्त भएका अमेरिकी विदेशमन्त्री रेक्स टिल्लरसनले अमेरिकामाथि रुसका कारण खतरा रहेको बताएका छन् ।

विदेश मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै टिल्लरसनले रुसको समस्या उत्पन्न गर्न सक्ने व्यवहार र कामका कारण अमेरिकालाई खतरा रहेको बताएका हुन् । उनले आफ्नो कार्यकालमा चीनसँग सम्बन्ध सुधार तथा उत्तर कोरियाको आणविक कार्यक्रमलाई नियन्त्रण गर्नका लागि काम भएको र त्यो निकै सकारात्मक दिशामा अघि बढेको उल्लेख गरे ।

तर रुससँगको सम्बन्ध तथा उसको व्यवहारका कारण उत्पन्न हुन सक्ने खतरा भने कायम रहेको टिल्लरसनको भनाई छ । टिल्लरसनले आफ्नो विदेश नीतिको प्रशंसा गरे तर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने धन्यबाद पनि भनेनन् । यसले उनीहरुबिचको सम्बन्धमा ठूलै दरार आएको प्रष्ट हुने विश्लेषण गरिएको छ ।

गएको वर्ष विदेशमन्त्रीमा नियुक्त भएयता ट्रम्प र टिल्लरसनबिच विभिन्न मुद्दामा मतभेद हुँदै आएको थियो । त्यसैको फलस्वरुप ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् ।

टिल्लरसनको ठाउँमा अब अहिले अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक रहेका माइक पोम्पिओ विदेशमन्त्री बनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed