Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जाल फेसबुकले म्यानमारमा रोहिंज्या मुसलमानविरूद्ध घृणा फैलाउने दिशामा ’उल्लेख्य भूमिका ’ खेलिरहेको बताएका छन् ।
म्यानमारमा भएको आरोपित नरसंहारबारे अनुसन्धान गरिरहेको एउटा छानबिन टोलीले फेसबुक राक्षस बनेको’ जनाएको छ । रखाइन राज्यमा गत अगष्टमा म्यानमारको सेनाले ’विद्रोही’विरूद्ध कारबाही थालेयता करिब ७ लाख रोहिंज्या मुसलमानहरू भागेर बांग्लादेश पुगेका छन्।
फेसबुकले ‘घृणाको अभिव्यक्तिका लागि कुनै ठाउँ नरहेको’ जनाएको छ । फेसबुककी एकजना प्रवक्ताले भनिन, “हामीले यसलाई एकदमै गम्भीर रूपमा लिएका छौँ र म्यानमारमा विज्ञहरूसँग सुरक्षाका उपायहरू विकास गर्न तथा त्यस्ता अभिव्यक्तिविरूद्धको अभियानबारे कैयौँ वर्षदेखि काम गर्दै आएका छौँ । “
“त्यसअन्तर्गत प्रयोगका मापदण्डबारे म्यानमारकै लागि एउटा छुट्टै पेज बनाइएको छ र म्यानमारका नागरिक समाज एवं स्थानीय सम’दायलाई नियमित रूपमा प्रशिक्षण दिने गरिएको छ । “
उनले थपिन, “निश्चित रूपमा हामीले थप काम गर्न सक्ने ठाउँ रहन्छ र समुदायलाई सुरक्षित राख्न स्थानीय विज्ञहरूसँग हामीले काम गरिरहनेछौँ । “

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed