Breaking News.... EverestOnlineKhabar
June 5, 2026

आफूलाई बिश्वासको मत दिने सांसदहरुलाई प्रधानमन्त्री ओलीको दिवाभोज, फोरम र राजपाका नेताहरुले पनि भोज खाए

Loading

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई बिश्वासको मत दिने संघीय संसद तथा प्रदेश शभाका सांसदहरुलाई दिवाभोज दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान प्रधानमन्त्री ओलीले भोज दिनुभएको हो । चियापान भनेर बोलाइएपनि प्रधानमन्त्री ओलीले दलका नेता र सांसदहरुको सम्मानमा कुनै कन्जुस्याईं गरेनन । उनले टन्न मीठामीठा परिकार र मिठाई खुवाए ।

भोजमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपालका महन्थ ठाकुर र राजेन्द्र महत्तो पनि सहभागी थिए । साथै, यी दल सम्बद्ध सबै मुख्यमन्त्री र सांसदहरु भोजमा उपस्थित थिए ।

भोजका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बिशेष प्रकारको टेन्ट र सजिसजावट पारिएको थियो । भोज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो दुइ तिहाइ भन्दा बढीइ सांसदहरुको जमघट भएको भन्दै संविधान संशोधन गर्ने बचनबद्धता प्रकट गरे । उनले भने, ‘संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिन्छ ।

“संविधान समयको माग अनुसार संशोधन हुन्छ,” प्रधानमन्त्री ओलीले भने, “तर देशलाई नोक्सानी हुने गरी अखण्डतामा असर पर्ने गरी संसोधन हुँदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संसोधन हुन्छ ।”

समारोहलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिगतमा प्रधानमन्त्री ओलीसंग जति कटुता भएपनि अब मिलेर जाने सहमति भैसकेकाले ती बिषयलाई कोट्याउन जरुरी नभएको औंल्याए । उनले प्रतिगामी तत्वहरु आफूहरुबिरुद्ध खनिएको र त्यसको उदाहरणस्वरुप जनप्रतिनिधिमाथिको आक्रमणबाट सुरु भएको धारणा राखे ।

बिगतमा एक अर्कालाई देखिनसक्ने राजेन्द्र महतो र प्रधानमन्त्री ओलीबीच सामिप्यता बढेको देखाउन खोजिएपनि त्यो नाटकिय लाग्दै थियो । महत्तो धनुषाबाट एमालेकै सहयोगमा निर्वाचित भएका हुन । त्यसयता महतो एमालेप्रति नरम हुँदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed