![]()
बीबीसी । भौतिकशास्त्रका विद्वान सिद्धान्तकार एवं प्रचलित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक स्टेफन हकिङको ७६ वर्षको उमेरमा लण्डनमा निधन भएको छ ।
सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ।
केही तथ्यहरु :
- उनकाे जन्म सन् १९४२, जनवरी ८ मा भएको हो।
- १९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा न्याचुरल साइन्स पढ्ने अवसर पाए। त्यसपछि क्याम्ब्रिजबाट विद्यावारिधी गरे।
- १९६३ मा उनलाई मोटर न्यूराेन भन्ने राेग देखियो। त्यसबेला उनी २ वर्ष मात्रै बाँच्ने बताइएको थियो।
- १९७४ मा उनले ब्ल्याक होलले एक प्रकारको उर्जा उत्सर्जन गर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे जसलाई पछि ‘हकिङ रेडियसन’ भनेर चिनियो।
- १९८८ मा प्रकाशित उनले लेखेको किताब‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ कराेडभन्दा बढी प्रति विक्री भइसकेकाे छ।


