Breaking News.... EverestOnlineKhabar
June 5, 2026

एमाले नेता तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित

Loading

काठमाडौं । नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । बुधवार बसेको राष्ट्रियसभा बैठकले तिमिल्सिनालाई एकमात्र उम्मेदवारी परेको भन्दै अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । तिमिल्सिनाको उम्मेदवारीमा खिमलाल भट्टराई प्रस्तावक तथा सुमनराज प्याकुरेल र दिनानाथ शर्मा समर्थक रहेका थिए ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा बैठकको अध्यक्षता गरेकी जेष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रियसभाको अध्यक्ष पदमा गणेशप्रसाद तिमिल्सिनालाई निर्वा्चित गरियोस् भन्ने एक मात्र प्रस्तावको सुचना प्राप्त भएकाले राष्ट्रियसभाको अन्तरिम कार्य्विधिको दफा ६ को उपदफा ३ बमोजिम राष्ट्रियसभा अध्यक्षमा र्नि्विरोध निर्वा्चित भएको घोषणा गरेकी हुन् ।

संघीय संसदको पहिलो राष्ट्रियसभाको अध्यक्षमा र्नि्विरोध निर्वा्चित भएकोमा जेष्ठ सदस्य भट्टले नवनिर्वा्चित अध्यक्ष तिमिल्सिनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइन् । राष्ट्रियसभाको अर्को बैठक आगामी शुक्रबार ३ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed