![]()
धनगढी । डडेल्धुरामा ६२ वर्षीय एक महिला र १८ वर्षीय युवती बलात्कृत भएका छन् । दुवै जना फरक–फरक स्थानमा बलात्कृत भएका हुन । बलात्कारमा संग्लनताको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गन्यापधुरा २ का ३२ वर्षीय केशव लुहारले त्यही ठाउँकी ६२ वर्षीय वृद्धालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उनी एकल महिला हुन् । घरमा एक्लै रहेको मौका पारी मदिरा सेवन गरेर लुहारले बलात्कार गरेका थिए ।
यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का २५ वर्षीय नरेन्द्र कुँवरलाई पनि प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ । कुँवरले कञ्चनपुरको दैजीबाट बझाङको बस चढाइदिने भन्दै १८ वर्षीया युवतीलाई डडेल्धुराको जोगबुढास्थित एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुँवरले दैजीबाट ना ७ ख १५९० नम्बरको जीपमा जोगबुढा पुर्याएका थिए । जोगवुढा पुग्दा राति भइसकेपछि उनले राति होटलमै बस्न लगाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।


