Breaking News.... EverestOnlineKhabar
June 13, 2026

Loading

काठमाडौं । राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३३१ जना र प्रदेश संसदका ५४९ मतदातामध्ये ५३६ उम्मेदवारले मतदान गरेका छन्।
संघीय संसदका तीनजनाको नाम मतदाता सूचीमा नभएका कारण मतदान गर्न पाएनन्। राष्ट्रपतिबाट मनोनित तीन राष्ट्रियसभा सदस्यको नाम राष्ट्रपति निर्वाचनको मतदाता सूचीमा नभएका कारण उनीहरूले मतदान गर्न नपाएका हुन्।

त्यस्तै, संघीय संसदका सदस्यहरूमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनता पार्टी नेपालका रेशम चौधरी र रमेशप्रसाद यादव र नेपाली कांग्रेसका जीतेन्द्रनारायण देव पनि राष्ट्रपति निर्वाचनमा अनुपस्थित रहे।

प्रदेश सांसदहरूमा १३ जना मतदाता राष्ट्रपति निर्वाचनमा अनुपस्थित रहेको राष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सांसदहरू राजपाका मनिष सुमन, विन पन्त र कृष्णबहादुर चौधरी राष्ट्रपति निर्वाचनमा अनुपस्थित रहे।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हिमबहादुर शाही अनुपस्थित हुँदा संघीय समाजवादी फोरम नेपालका प्रह्लाद गिरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन्। नयाँ शक्ति पार्टी नेपालले पनि राष्ट्रपति निर्वाचनमा मतदान गरेन। नेमकिपाले जसरी बहिस्कार नै नगरेपनि यो पार्टीबाट प्रतिनिधिसभामा निर्वा्चित संयोजक डा. भट्टराई अनुपस्थित रहे भने प्रदेशसभा सदस्यहरू धनमाया पोखरेल, हरिशरण आचार्य र प्रेम तामाङ पनि राष्ट्रपति निर्वाचनमा भोट हाल्न आएनन्।

नेमकिपाले भने घोषणा गरेरै राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने जनाएको थियो । नेमकिपाका प्रदेशसभा सांसदहरू सृजना सैँजू र सुरेन्द्र गोसाइँ सोही निर्णय बमोजिम मतदान गर्न आएनन्।

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी पनि राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने पक्षमा रह्यो। उसले राष्ट्रपतिका उम्मेदवारप्रति असन्तुष्टी जनाउँदै मतदान नगर्ने निर्णय गरेको थियो। जसअनुसार विवेकशी साझाका प्रदेश सांसदहरू विराजभक्त श्रेष्ठ, शोभा शाक्य र रमेश पौडेल राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed