Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बिश्वकप छनोट क्रिकेटका टप ११ को सूचीमा नेपालका पारस खडका

Loading

एजेन्सी । आइसीसी बिश्वकप क्रिकेट छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्ने टप ११ खेलाडीको नाम आइसीसीले सार्वजनिक गरेको छ । सो सूचीमा नेपालका कप्तान पारश खडका पनि परेका छन ।

घरेलु टोली जिम्बावे र हङकङका २–२ तथा वेस्ट इन्डिजका, आयरल्यान्ड, पपुवा न्यू गिनी, स्कटल्यान्ड, युएई र अफगानिस्ताका १–१ खेलाडी छन्। नेदरल्यान्ड्सका भने कुनै पनि खेलाडी उक्त लिस्टमा समावेश छैनन्।

समूह चरणको समाप्तीपछि समूह ए बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर सिक्समा पुगेका छन् भने समूह बी बाट जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर सिक्समा पुगेका छन्। नेदरल्याण्ड्स, पपुवा न्यू गिनी, नेपाल र हङकङ प्लेअफमा खेल्नेछन्।
सुपर सिक्समा पुगेका ६ मध्ये शीर्ष दुई स्थान हात पार्ने टोली फाइनल पुग्दै सन् २०१९ को वर्ल्डकपमा छनोट हुनेछ।

आइसीसीले ब्याटिङ अडरमा तयार पारेका ११ खेलाडी यस्ता छन्

विलियम पोटर्फिल्ड (आयरल्यान्ड)

टोनी उरा (पपुवा न्यूगिनी)

कलुम म्याक्लेओड (स्कटल्यान्ड)

ब्रेन्डन टेलर (जिम्बावे)

पारस खड्का (नेपाल)

अंशुमान रथ (हङकङ)

सिकन्दर राजा (जिम्बाबे)

रोहन मुस्ताफा (युएई)

मोहम्मद नावी (अफगानिस्तान)

ज्यासन होल्डर (वेस्ट इन्डिज)

एहसन खान (हङकङ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed