Breaking News.... EverestOnlineKhabar
June 5, 2026

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा भारतले श्रीलंकालाई हरायो

Loading

एजेन्सी । ट्राइ सिरिज टि – ट्वान्टी क्रिकेट अन्तर्गतको निदास ट्रफीमा भारतले दोस्रो जित निकालेको छ । श्रीलंकालाई ६ विकेटले पराजित गर्दै भारतले दोस्रो जित निकालेको हो ।

कोलम्बोस्थित प्रेमादासा क्रिकेट मैदानमा श्रीलंकाले दिएको १५३ रनको लक्ष्य भारतले १७ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा मनिस पाण्डेले अविजित ४२ तथा दिनेश कार्तिकले अविजित ३९ रन जोडे । त्यस्तै सुरेश रैनाले २७, लोकेश राहुलले १८ र कप्तान रोहित शर्माले ११ रन बनाए । श्रीलंकाका अकिला दनानजयले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभरमा ९ विकेट गुमाएर १५२ रन जोडेको थियो । श्रीलंकाको लागि कुशल मेन्डिसले ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै उपुल थरंगाले २२, दुसान शनाकाले १९ रन जोड्दा दनुस्का गुनाथिलाकाले १७ रन जोडे । भारतका सार्दुल ठाकुरले ४ तथा वासिंगटन सुन्दरले २ विकेट लिए ।

यो जितसँगै भारतले सिरिजको अंक तालिकामा ४ अंक जोडेको छ । ३ खेलमा दुई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहेको भारतले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । पराजित श्रीलंकाले ३ खेलबाट २ अंक जोडेर दोस्रो स्थानमा छ ।
यस्तै २ खेलमा २ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ । लिग खेलपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed