Breaking News.... EverestOnlineKhabar
June 5, 2026

न्युयोर्कमा भएको हेलिकप्टर दुर्घटनामा २ जनाको मृत्यु

Loading

बीबीसी । अमेरिकी शहर न्युयोर्कको पूर्वतर्फ भएको हेलिकोप्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु तीनजना घाइते भएका छन् । हेलिकोप्टरका पाइलट भने सामान्यमात्र घाइते भएका छन ।

उक्त सानो हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिकोप्टर न्युयोर्कको पूर्वतर्फको नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । निजी कम्पनीको हेलिकोप्टरलाई केही व्यक्तिले फोटो खिच्ने प्रयोजनका लागि भाडामा लिएर उडाएको अनुमान गरिएको छ । तर यस विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रहरीले यस हेलिकोप्टर दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed