![]()
काठमाडौं । नेपालका भेट्रान लेग स्पिनर सन्दिप लामिछानेले हङकङबिरुद्धको खेलमा ३ विकेट लिएका छन । बिश्वकप छनोट अन्तर्गत आफनो चौथो खेलमा नेपालका सन्दिप लामिछानेले १० ओभरमा ४ मेडेन राख्दै ३ विकेट लिएका हुन ।
सन्दिपले हङकङका अनसुमान रथलाई १, सहिद वासिफलाई १ र ऐजाज खानलाई ३ रनमा आफनो शिकार बनाए । उनले १ दशमलव ७० को इकनोमी रेटमा जम्मा १७ रन खर्चेका थिए ।


