![]()
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोजिएको पाइएको छ।
६७ यात्रुसहित ७१ सवार रहेको उक्त विमान रुटभन्दा बाहिरबाट आएर अवतरण गरिएको देखिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमान किन रुट बाहिर गयो भन्ने बारेमा पछि अनुसन्धान गरिने जनाइएको छ । दुर्घटनामा परेका यात्रुलाई सेना र प्रहरीले उद्दार गरी एम्बुलेन्समार्फत केएमसी र सिभिल अस्पताल लगेको छ । घटनापछि विमानस्थल बन्द गरिएको छ।


