![]()
काठमाडौं । आइसीसी बिश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालका लागि खतरनाक देखिएका निजाकट खान ४७ रनमा आउट भएका छन । उनलाई नेपालका ललित राजवंशीले आउट गरेका हुन ।
नेपाललाई सुपरसिक्समा पुग्न फराकिलो जित चाहिएकाबेला खानले आफनो टिमका लागि शानदार ब्याटिङ गरिरहेका थिए । ३०औं ओभरमा बलिङ गरेका राजवंशीले कप्तान पारश खडकाको हातबाट उनलाई क्याच गराएका थिए । खानले आफनो इनिङमा ४ चौका र एक छक्का प्रहार गरे ।


