Breaking News.... EverestOnlineKhabar
June 5, 2026

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

Loading

बुटवल,फागुन ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विश्वासको मत लिँदैछन् । कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गर्नेछन् ।
यस्तै, बैठकमा अन्य दुई विधेयकहरू समेत प्रस्तुत गर्ने र ती विधेयकसहित अर्को मस्यौदा समेत सांसदहरूलाई छलफलका लागि उपलब्ध गराउने गरी कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आइतबारको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन, स्थानीय तहका सेवा सुविधासम्बन्धी ऐन प्रस्तुत गरिनेछ, जुन प्रदेश सरकार र मातहतका सरकारका लागि महत्वपूर्ण विषय हुन् ।
फागुन १३ गतेका लागि पहिले तय भएको बैठकमा विजनेश नभएको भन्दै बैठक नै नबसी अघिल्लै दिन सूचना टाँसेर स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed