Breaking News.... EverestOnlineKhabar
June 5, 2026

नेकपा एमाले र माओवादी केन्द्र संसदीय दलको संयुक्त बैठक बस्दै

Loading

काठमाडौ,फागुन ।
पार्टी एकताको प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र संसदीय दलको संयुक्त बैठक बस्दैछ । दिउँसो साढे १२ बजेपछि बस्ने बैठकलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा सम्वोधन गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेकाले दुवै दलका सांसदहरुलाई पक्षमा मत व्यक्त गर्न बैठकले निर्देश गर्ने माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
एमालेका १२१ र माओवादी केन्द्रका ५३ सांसद छन् । दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची छ । ओलीको पक्षमा दुई तिहाइभन्दा बढी सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed