![]()
काभ्रे,फागुन ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपा चारदोवाटोमा गुड्दागुड्दै मोटरसाइकलमा आगो लागेको छ । बा १९ प ३३२१ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।
मोटरसाइकल चालक दोलखाको सैलुङ गाउँपालिकाका सागर तामाङ भने सकुशल छन् । उनले भनेः‘ड्वाङ्ग आवाज आएर मोटरसाइकल लड्यो र ह्वारह्वार्ती आगो बल्यो ।’
बीच सडकमै मोटरसाइकलमा आगो दन्किएपछि केहीबेर सो सडकमा यातायात आवागमन बन्द भएको छ । आगो निभाउन दमकलको प्रयोग गरिएको थियो ।


