![]()
बीबीसी । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरुबीच यी दुई देशको शिखर बैठक आगामी महिना हुने बताइएको छ ।
उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने भएको बताएका हुन् । यी दुई देशबीच विरलै हुने भनिएको एउटा भ्रमण हालै भएको छ । सो भ्रमणबाट फर्केका दक्षिण कोरियाली राष्ट्रपति मुन–जाय इनले सो जानकारी दिएको जनाइएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणु अस्त्र निर्माणको कार्यमा पनि पुनःविचार गरिने पनि बताएको जनाइएको छ ।
यस विषयमा पनि सो भ्रमणकाक्रममा कुराकानी भएको थियो । परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावकाबारेमा पनि त्यस भेटकाक्रममा कुराकानी भएको बताइएको छ ।
सो कुराकानीमा सो परमाणु अस्त्रको परित्याग गर्नेबारेमा आगामी दिनमा खुलेरै छलफल गर्न तयार हुनसक्ने संकेत पनि उत्तर कोरियाली नेता उनले दिएको जनाइएको छ ।
नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमन्डलबीच भएको बैठकपछि यो पछिल्लो समाचार आएको हो । उक्त प्रतिनिधिमन्डल प्योङयाङबाट सोल फर्किसकेको छ ।
पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएका हुन् ।
उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो चाँडो वार्ताको वातावरण तयार पार्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ । त्यस्तै, उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ ।


