Breaking News.... EverestOnlineKhabar
June 5, 2026

जनभावना अनुसार काम गर्न स्थानीय तहका प्रतिनिधिलाई प्रदेश १ का मुख्यमन्त्री राईको आग्रह

Loading

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका जनप्रतिनिधिलाई जनभावना अनुसार योजनाबद्ध रुपमा काम गर्न आग्रह गरेका छन् ।

नेपाल नगरपालिका संघको प्रादेशिक भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले व्यवस्थित र योजनाबद्ध रुपमा विकास निर्माणको काम भएमात्रै मुलुकमै नमूना प्रदेश निर्माण हुने धारणा राखे ।

‘सुशासन, विकास र समृद्धिको एजेण्डा बोकेर जनचाहना, भावना र जनताको सपना साकार पार्ने जिम्मेबारी जनप्रतिनिधिले बोक्नु भएको छ,’ उनले भने, ‘जनताको घरदैलोमा सुखदुःखमा साथ दिने स्थानीय सरकार हो । त्यसैले प्रदेशलाई नमूना बनाउनभन्दा अघि स्थानीय तहलाई नमूना बनाउनु पर्छ । त्यो जनप्रतिनिधिको दायित्व हो ।’

स्थानीय तहको विकास र समृद्धिको यात्रालाई तिव्र गतिमा बढाउनु प्रदेश सरकारको साथ र सहयोग सधैं रहने मुख्यमन्त्री राईको भनाई थियो । ‘समृद्ध प्रदेश बनाउन सरकार विकास निर्माणको काम गर्ने अनुकुल वातावरण तयार पार्छ,’ उनले भने, ‘प्रत्येक स्थानीय तहको नक्सा, जनसंख्या, स्रोत साधनको हिसाबले गुरुयोजना बनाएर व्यवस्थित विकासका काम अगाडि बढाउन प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्छ ।’

प्रदेश सरकारले ल्याएको सय दिने कार्यक्रम स्थानीय तहसँग समन्वय गरेर कार्यान्वयनमा तत्काल लगिने राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed