Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बिश्वकप क्रिकेट छनोट : बिहीबार नेपाल स्कटल्याण्डसंग भिडदै

Loading

एजेन्सी । जिम्बाबेमा जारी विश्व कप छनोट प्रतियोगिताको आफ्नो महत्वूुर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वस् स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा विश्व कप छनोट र एकदिवसीय टोलीको मान्यताको सम्भावना जीवित राख्न नेपाललाई स्कटल्यान्डविरुद्धको खेलमा जित आवश्यक छ।

नेपालका लागि स्कटल्यान्ड अहिलेसम्म पराजित गर्न नसकेको प्रतिद्वन्द्वी हो। त्यसमाथि स्कटल्यान्ड जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको टोली हो। प्रतियोगितामा टेस्ट टोलीको मान्यता पाएको अफगानिस्तान र हङकङलाई पराजित गरिसकेको स्कटल्यान्ड समूह ‘बी’ को अंक तालिकामा जिम्बाबवेलाई समेत पछि पार्दै शीर्ष स्थानमा छ। अघिल्लो दुई खेलको नतिजाले स्कटल्यान्डका खेलाडीको मनोबल उच्च छ।

लगातार दुई जितका साथ सुपर सिक्स चरणको सम्भावना बलियो बनाएको स्कटल्यान्ड नेपालविरुद्धको खेलमा कुनै पनि दबाबबाट मुक्त हुनेछ। त्यसको ठिक बिपरित नेपाल भने जित्नै पर्ने दबाबमा हुनेछ।

पहिलो खेलमा जिम्बाबेसँग एक सय १६ रनको अहिलेसम्मकै ठूलो अन्तरको पराजय बेहोरेको नेपाल त्यो पराजयको ‘ह्याङग’ बाट मुक्त हुँदै स्कटल्यान्डविरुद्ध मैदानमा उत्रने छ। त्यसैले पनि तीन पटक विश्व कप खेलिसकेको अनुभवी टोली स्कटल्यान्डलाई पराजित गर्न नेपाली टोलीलाई कुनै पनि दबाबबाट मुक्त भएर उत्कृष्ट प्रदर्शन गर्नु पर्ने चुनौती छ।

स्कटल्यान्डविरुद्धको जितले नेपालको सुपर सिक्स चरणको सम्भावना जीवित रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed