![]()
काठमाडौं । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा दोस्रो युनिभर्सिटी क्रिकेट कप यही शुक्रवारबाट सुरु हुँदैछ। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २५ देखि चैत ३ गतेसम्म हुने जानकारी गराएको हो।
टी २० फर्म्याटमा हुने प्रतियोगितामा विभिन्न कलेज र युनिभर्सिटीका गरी कूल १६ टोलीको सहभागिता रहनेछ। त्रिभुवन युनिभर्सिटीको ए र बी गरी २ तथा अन्य १४ कलेजले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद २ लाख र ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी तथा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १० हजार हात पार्नेछन्।


