![]()
बीबीसी । फोब्स म्यागजिनले बिश्वका धनी मान्छेहरुको सूची सार्वजनिक गरेको छ ।
यी हुन् फोब्सको सूचीमा परेका पाँच सर्वा्धिक धनी
१. जेफ बेजोस
अमेरिकाका जेफको कूल सम्पति ११२ अर्ब डलर रहेको छ । उनी यस वर्ष विश्वका सर्वा्धिक धनीको सूचीमा पहिलो स्थानमा परेका छन् । उनी अमेजन कम्पनीका मालिक हुन् ।
२. बिल गेट्स
पछिल्लो वर्ष पहिलो स्थानमा रहेका ६२ वर्षीय बिल गेट्स २०१८ मा भने एक स्थान तल पुगेका छन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति ९० अर्ब डलर रहेको छ ।
३. वारेन बफेट
उनी बर्कसायर हाथवे कम्पनीका मालिक हुन् । ८७ वर्षीय बफेटको कूल सम्पत्ति ८४ अर्ब डलर रहेको छ ।
४. बर्नाड आर्नल्ट
फ्रान्सका बर्नाडले यस सूचीमा चौथो स्थान प्राप्त गरेका छन् । ६९ वर्षीय बर्नाडको कूल सम्पति ७२ अर्ब डलर रहेको छ ।
५. मार्क जुकरवर्ग
पछिल्लो वर्ष तेस्रो स्थानमा रहेका फेसबुकका प्रमुख कार्यकारी अधिकृत जुकरवर्ग यस वर्ष भने पाचौँ स्थानमा झरेका छन् । विभिन्न कारणले फेसबुक प्रयोगकर्ता दिनदिनै घट्दै गइरहेकाले उनको आम्दानीमा पनि यसले विशेष प्रभाव पारेको बताइएको छ । ३३ वर्षीय जुकरवर्गको कूल सम्पत्ति ७१ अर्ब डलर रहेको छ ।


