![]()
बीबीसी । फोब्स म्यागजिनले सार्वजानिक गरेको यस वर्षका सर्वा्धिक धनीहरुको सूचीमा यस वर्ष पनि नेपालका विनोद चौधरी परेका छन् । १५६१ औँ स्थानमा पर्न सफल चौधरी ग्रुपका मालिक विनोद, नेपालका एकमात्र खर्बपति हुन् । उनको नाम सन् २०१३ देखि फोब्र्सको सूचीमा पर्दै आएको छ ।
यो वर्ष उनको कूल सम्पति १.५ अर्ब डलर रहेको फोब्सले उल्लेख गरेको छ । ६२ वर्षीय विनोद गत वर्ष भने १.३ अर्ब डलर सम्पत्तिका साथ १५६३ औँ स्थानमा रहेका थिए । त्यसैले यो वर्ष उनी दुई स्थान माथि आएका छन् ।


