Breaking News.... EverestOnlineKhabar
June 5, 2026

इंग्ल्याण्डबिरुद्धको चौथो एक दिवसिय क्रिकेटमा न्युजिल्याण्ड बिजयी

Loading

एजेन्सी । इंग्ल्याण्डसँगको चौथो एक दिवसीय क्रिकेटमा घरेलु टोली न्यूजील्याण्डले जित हात पारेको छ । न्यूजील्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

३३६ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्यूजील्याण्डले निर्धा्रित ओभर सकिन ३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । न्यूजील्याण्डका लागि रोस टाइलरले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट शतकीय पारी खेले । उनले १८१ रन बनाएपछि न्यूजील्याण्डले जित हात पारेको हो । १४७ बलको सामना गरेका टाइलरले १७ चौका र ६ छक्का प्रहार गरे ।

न्यूजील्याण्डका लागि टोम लाथमले ७१ र कप्तान केन विलियम्सनले ४५ रन बनाएका थिए । न्यूजील्याण्डको सुरुवात भने खराब भएको थियो । न्यूजील्याण्डले २ रन बनाउँदा आफ्नो महत्वपूर्ण २ विकेट गुमाएका थिए ।

यसअघि युनिभर्सिटी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३५ रन बनाएको थियो । इंग्ल्याण्डका लागि दुई खेलाडीले शतक प्रहार गरे । जोनी बैस्र्टौले १३८ र जोइ रुटले १०२ रन बनाए । न्यूजील्याण्डका लागि इस सोधीले ४ विकेट लिए ।

जितसँगै न्यूजील्याण्डले ५ खेलको एक दिवसीय क्रिकेट सिरिजमा २–२ को बराबरीमा पुर्याएको छ । अन्तिम तथा पाँचौं खेल मार्च १० तारिखमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed