Breaking News.... EverestOnlineKhabar
August 17, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को झट्का, आर्थिक सल्लाहकार कोनले दिए राजीनामा

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा उत्पन्न मतभेदका विवरणमाझ ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले राजीनामा दिएका छन ।

कोन ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार थिए। शृखंलाबद्ध रूपमा ह्वाइट हाउसबाट बहिर्ग्मित हुने ट्रम्पको टोलीका उनी पछिल्ला सदस्य हुन्। वाल स्ट्रिटका पूर्व ब्याङ्कर उनी ट्रम्पको कर लगाउने निर्णयले एउटा क्षति पुर्याउने किसिमको व्यापारिक युद्ध निम्त्याउनेमा चिन्तित रहेको चर्चा चलेका छन्।

एउटा विज्ञप्तीमा राष्ट्रपति ट्रम्पले कोनलाई दुर्लभ दक्षता भएका व्यक्ति भन्दै सेवाका लागि धन्यवाद दिएका छन्। पछिल्लो समयमा उनीहरू दुईबीच त्यति सुमधुर सम्बन्ध नरहेको बताइन्छ।

गएको अगष्टमा एउटा अति दक्षिणपन्थी समूहर्को यालीमा ट्रम्पले सम्बोधन गरेपछि उनले ट्रम्प प्रशासनले अझै ’राम्रो गर्नसक्ने र गर्नुपर्ने’ बताएका थिए। उक्त कार्यक्रमपछि उनले राजीनामा पत्र समेत मस्यौदा गरेको विवरण आएका थिए।

एउटा विज्ञप्तीमा कोनले भनेका छन, “देशलाई सेवा गर्न पाउनु र अमेरिकी जनतालाई फाइदा पुग्ने किसिमका आर्थिक वृद्धिदर निम्त्याउने मुख्य गरी ऐतिहासिक कर सुधार सम्बन्धी नीति ल्याउने क्षेत्रमा काम गर्न पाएकोमा गौरव महसुस गरेको छु।“

उनले ट्रम्पलाई काम गर्ने अवसर दिएकोमा धन्यवाद दिँदै सफलताको समेत कामना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.