Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

एजेन्सी । बलिउड तथा हलिउडमा समेत थुप्रै फिल्म खेलिसकेका चर्चित भारतीय अभिनेता इरफान खानलाई मस्तिष्क क्यान्सर भएको छ । खान आफैंले ट्विटरमार्फत् यसबारे जानकारी दिएका छन । अहिले उनी मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन ।

उनलाई ‘गिब्लोब्लास्टोमा मल्टिफ्रोम’ नामक अत्यन्तै खतरनाक किसिमको क्यान्सर लागेको छ । इरफानको शरीरका विभिन्न भागमा लगातार समस्या आइरहँदा उनको बोलीमा समेत प्रभाव पर्न थालेपछि उनलाई तुरुन्तै कोकिलाबेन अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उनलाई लागेको क्यान्सरलाई चिकित्सकहरुले ‘डेथ अन डाइग्नोसिस’ पनि भन्ने गरेका छन् किनकि यसको पूर्ण उपचार अहिलेसम्म पत्ता लागेको छैन । यसलाई अत्यन्तै दुर्लभ र खतरनाक क्यान्सर बताइएको छ । एमआरआई गराइसकेपछि मात्र उनलाई यो रोग लागेको पुष्टि भएको हो । त्यस्तै, उनको ट्युमर पनि निकै तिव्र रुपमा बढिरहेको रिपोर्टमा देखिएपछि चिकित्सकहरुले उनलाई तुरुन्तै शल्यक्रिया गराउन सुझाव दिएका छन । तर, उनले भने रेडिएसन र केमो थेरापीबाट नै उपचार गराउन जोड दिइरहेको बताइएको छ ।

हलिउडमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका ५१ वर्षीय इरफानले ‘लाइफ अफ पाइ’, ‘स्लम डग मिलेनिएर’, ‘द एमेजिङ स्पाइडर म्यान’ र ‘ज्युर्या्सिक वर्ड’ जस्ता चर्चित अङ्ग्रेजी फिल्ममा अभिनय गरेका छन् ।

आफ्नो रोगबारे ट्वीट गरेपछि उनका लाखौँ फ्यान चिन्तित बनेका छन् । ट्विटरमा उनले आफ्नो जीवनका पछिल्ला १५ दिन अहिलेसम्मकै रहस्यमय भएको र आफूले एक अत्यन्तै दुर्लभ रोग पत्ता लगाएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed