Breaking News.... EverestOnlineKhabar
June 5, 2026

कांग्रेस नेतृ कुमारीलक्ष्मी राईद्वारा राष्ट्रपति पदमा उम्मेदवारी प्रस्तुत

Loading

काठमाडौं । नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । बुधवार बिहानै राष्ट्रपति पदको उम्मेदवार तय भएपछि राईले बिहानै नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पुगी उम्मेदवारी दर्ता गराइन ।

उनको उमेदवारीमा कांग्रेस नेताहरु मानबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डे र नेतृहरु चित्रलेखा यादव र पार्वती डिसी चौधरी प्रस्तावका थिए । त्यस्तै नेताहरु शिवचन्द्र चौधरी, मेखलाल श्रेष्ठ, सुजता परियार, सरिता प्रसाईं र राधा घले समर्थक बसेका छन् ।
राई पञ्चायत कालमा हत्या गरिएका भोजपुरका कांग्रेस नेता देवानसिँह राईकी छोरी हुन् । २०१५ सालमा निवार्चित सांसद देवानसिँह वीपी कोइराला सरकारमा सहायक मन्त्री बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed